बालबालिका

भारतबाट बाल श्रमिकको उद्दार

इकागज |
माघ १९, २०७८ बुधबार १५:५ बजे

काठमाडौँ - भारतमा बाल श्रमिकका रूपमा कार्यरत बालकहरूलाई नेपाल प्रहरी र थ्री एन्जल्स संस्थाको संयुत्त टोलीले उद्दार गरेका छन् । इलाका प्रहरी जमुनाहा बाँके तथा थ्री एन्जल्स संस्थाको संयुक्त टोलीले भारतमा बाल श्रममा लगाइएका बालकहरूलाई उद्दार गरेको हो ।

रौतहट गढीमाई नगरपालिका वडा नम्बर ७ का १७ वर्षीय इब्रान शेख तथा सुर्खेत जिल्लाको रापोखरा बस्ने १६ वर्षीय विकास थापालाई इलाका प्रहरी कार्यालय जमुनाहा बाँके तथा थ्री एन्जल्स संस्थाको संयुत्त पहलमा उद्दार गरिएको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


उनीहरूलाई भारतीय सहर लखनउबाट उद्दार गरेको जमुनाहा प्रहरीले जनाएको छ । उद्दार पश्चात उनीहरूलाई सिविन नेपाल बाँकेको जिम्मा लगाइएको छ ।


Author

थप समाचार
x