आमचुनाव २०७९

सप्तरी- २ : सीके राउतले ६२९ मत पाउँदा उपेन्द्र यादवले पाए ५९ मत

इकागज |
मंसिर ५, २०७९ सोमवार ११:३६ बजे

राजविराज- सप्तरी-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा.सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् ।

अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।



Author

थप समाचार
x