आमचुनाव २०७९

सिके राउतले ४६२० मत ल्याउँदा उपेन्द्र यादवले पाए १९३६ मत

इकागज |
मंसिर ५, २०७९ सोमबार १९:४७ बजे

सप्तरी- सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता कायमै राखेका छन् ।

डा. राउतले ४ हजार ६ सय २० मत प्राप्त गरी अग्रता कायम गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव १ हजार ९ सय ३६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर ९ सय ९१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।


त्यस्तै सप्तरी २ क मा जनमत पार्टीका सतिस सिंह ३ हजार ८ सय मत प्राप्त गरी पहिलो स्थानमा छन् । जनता समाज पार्टीका शैलेन्द्र प्रसाद साह १ हजार ८ सय ३२ मत प्राप्त गरि दोस्रो स्थानमा र  लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल १ हजार ३ सय ९४ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।

सप्तरीकै २ को ख मा जनमत पार्टीका महेश यादव ३ हजार ४ सय ८३ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । वाम गठबन्धनका उमेश यादवले १ हजार १ सय ८० मत प्राप्त गरी दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव ९ सय १६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।


Author

थप समाचार
x