आमचुनाव २०७९

ललितपुर-२ को अन्तिम मत परिणाम : लौरोका शाक्यलाई ९३९४ मतान्तरले हराउँदै एमालेका महर्जन विजयी

इकागज |
मंसिर ५, २०७९ सोमबार २२:१० बजे

काठमाडौँ- ललितपुर-२ को प्रतिनिधि सभाको मत गणना सकिएको छ ।

अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन् । उनले १९८३४ मत पाएका छन् ।


त्यस्तै हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०४४० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १०१३६ मत पाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का कृष्णलाल महर्जनले ९५३९ मत ल्याएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले ७७९९ मत पाएका छन् ।

र, यो पनि


Author

थप समाचार
x