आमचुनाव २०७९

कास्कीबाट प्रदेश सभामा एमालेका कार्की विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार ७:२९ बजे

पोखरा- कास्की २ (१) बाट नेकपा एमालेका भीमबहादुर कार्की विजयी भएका छन् । 

कार्कीले राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पारेका हुन् ।  कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरे ।


सत्ता गठबन्धका तर्फबाट नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० मत प्राप्त गरे ।

कास्कीमा प्रतिनिधि तथा प्रदेश सभाको मतगणना चलिरहेको छ । जारी मतगणनाको परिणाम अनुसार गणना भएको सबै कास्कीका क्षेत्रमा नेकपा एमाले अघि छ ।


Author

थप समाचार
x