आमचुनाव २०७९

रसुवामा सत्ता गठबन्धनको क्लिन स्वीप

इकागज |
मंसिर ७, २०७९ बुधबार ८:५४ बजे

मकवानपुर- रसुवाको प्रतिनिधि सभा र प्रदेश सभा सबैको नतिजा सार्वजनिक भएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत एक मात्र क्षेत्र रहेको रसुवामा प्रतिनिधि सभा सदस्यमा मोहन आचार्य विजयी भएका हुन् । नेपाली कांग्रेसका आचार्यले  १८ हजार २३५ मत सहित जित निकालेका हुन् । 


उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका छोवाङ तामाङले ८ हजार ६१४ मत प्राप्त गरेका थिए ।

प्रदेश सभातर्फ रसुवा १ बाट नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । उनले ८ हजार १८६ मत ल्याएका थिए ।  उनका निकटतम प्रतिस्पर्धी कुलप्रसाद भट्टले जम्मा ४ हजार ७७२ मत प्राप्त गरे । भट्ट नेकपा एमालेका उम्मेदवार थिए ।

यसैगरी रसुवाबाट प्रदेश २ को लागि माओवादीका इन्द्रप्रसाद गोतामे ८ हजार ५३३ मत विजयी भएका छन् । माओवादीका उनका निकटतम प्रतिस्पर्धी एमालेका तेम्ब्रेल तामाङले ४ हजार ८४४ मत प्राप्त गरे ।

रसुवा जिल्लामा अब समानुपातिक तर्फको मत गन्न बाँकी छ ।


Author

थप समाचार
x