आमचुनाव २०७९

बागमती प्रदेशको १२ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक : कहाँ कसले जिते ? (सूचीसहित)

इकागज |
मंसिर ७, २०७९ बुधबार ११:१९ बजे

मकवानपुर- मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । हालसम्म बागमती प्रदेशमा प्रतिनिधि सभातर्फ १२ वटा सिटको अन्तिम टुंगो लागेको छ । 

जसमा नेपाली काँग्रेस सात सिटसहित अग्रस्थानामा रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी तीन सिटसहित दोस्रो स्थानमा रहेको छ । 


यसैगरी नेकपा एमाले दुई सिट सहित तेस्रो स्थानमा रहेको छ । मतगणना जारी रहदा हालसम्म प्रतिनिधि सभातर्फ बागमती प्रदेशमा कुन पार्टीले कुन जिल्लाको कुन क्षेत्रमा जित्यो ?

नेपाली काँग्रेस
काठमाडौ क्षेत्र १ प्रकाशमान सिंह
काठमाडौँ क्षेत्र ३ सन्तोष चालिसे
काठमाडौँ  क्षेत्र ४ गगन थापा
काठमाडौँ क्षेत्र ५ प्रदीप पौडेल
काठमाडौँ क्षेत्र १० राजेन्द्र कुमार केसी
ललितपुर क्षेत्र १ उदय समशेर राण
रसुवा क्षेत्र १ मोहन आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी
ललितपुर क्षेत्र ३ तोषिमा कार्की
काठमाडौँ क्षेत्र ७ गणेश पराजुली
काठमाडौँ क्षेत्र ८ विश्वभक्त श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी एमाले
ललितपुर क्षेत्र २ प्रेमलाल महर्जन
काठमाडौँ क्षेत्र ९ कृष्णगोपाल श्रेष्ठ


Author

थप समाचार
x