आमचुनाव २०७९

कास्की-३ (१) मा एमालेका गुरुङ विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार १३:२० बजे

पोखरा- कास्की–३(१) मा नेपाल कम्युनिस्ट पार्टी(एमाले)का उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन् । 

एमालेका गुरुङले १४ हजार ४ सय ७३ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का दुर्गादत्त भण्डारीलाई पराजित गरेका हुन् । भण्डारीले ९ हजार ६ सय ६२ मत ल्याए । 


राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले २ हजार ५ सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सो क्षेत्रको प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा(एमाले)का दामोदर पौडेल बैरागीले अग्रता बनाएका छन् ।


Author

थप समाचार
x