आमचुनाव २०७९

कार्की झापा प्रदेशसभा २ (१) मा विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार १३:२९ बजे

विराटनगर- झापाको प्रदेशसभा निर्वाचन क्षेत्र २ (१) मा नेकपा एमालेका एकराज कार्की निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएका कार्कीले प्रदेशसभामा एमालेको पहिलो खाता खोलेका हुन् ।

कार्कीले नेकपा (एकीकृत समाजवादी) का पुष्पराज पोखरेललाई १२ हजार ६५१ मतान्तरले पराजित गरेका छन् । कार्कीले १८ हजार ७३१ मत पाउँदा पोखरेलले ६ हजार ८० मत पाएका छन् । 


प्रदेश १ को प्रदेशसभाका ५६ प्रत्यक्ष सिटका लागि जारी मतगणनामा एमालेले २० स्थानमा अग्रता छ । कांग्रेसले ११, माओवादीले ४, नेकपा (एकीकृत समाजवादी) र राप्रपाले २/२ स्थानमा अग्रता लिइरहेका छन् ।
कार्की २०७४ को निर्वाचनमा पनि नेपाली कांग्रेसका लक्ष्मण खड्कालाई झण्डै दोब्बर मतले पराजित गर्दै निर्वाचित भएका थिए ।


Author

थप समाचार
x