आमचुनाव २०७९

मोरङ-६ (१) प्रदेशसभा सदस्यमा आचार्य विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार ११:१७ बजे

काठमाडौँ-  मोरङ ६ को (क) प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य निर्वाचित भएका छन् । उनले १९ हजार ४५४ मत प्राप्त गरी विजयी भएका हुन् ।

आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) पुष्पकमल दाहालको ज्वाइँ पनि हुन् । उनी १ हजार ८८३ मतको अग्रता कायम गरी विजयी भएका हुन् ।


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रिता न्यौपाने १७ हजार ५७१ ल्याएकी छन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हिरा भट्टराईले ७ हजार ७९२ मत ल्याएका छन् ।


Author

थप समाचार
x