आमचुनाव २०७९

धनकुटामा सुनिल थापालाई हराउँदै एमालेका राजेन्द्र राई विजयी

इकागज |
मंसिर ८, २०७९ बिहिवार १५:४ बजे

काठमाडौँ- धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र कुमार राई प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित भएका छन् । उनी ३० हजार १०१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापाले २८ हजार ७०४ मत ल्याएका छन् । उनी पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा पनि हुन् ।


केही समयअघि उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए । त्यस्तै, स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९२६ मत ल्याएका छन् ।


Author

थप समाचार
x