आमचुनाव २०७९

महेश बस्‍नेतको पछिपछि झलनाथ खनाल, कसले कति मत पाए ?

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १६:२५ बजे

काठमाडौँ- इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायम राखेका छन् । बस्‍नेतले १४२०३ मत पाएका छन् ।

त्यस्तै एकिकृत समाजवादीका झलनाथ खनालले १२२४३ मत पाएका छन् ।


त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले १४७९ मत पाएका छन् ।

राप्रपाका तोयानाथ शर्मा सापकोटाले ८०६ मत पाएका छन् भने जसपाका कमलकुमार राईले ७९६ मत पाएका छन् ।


Author

थप समाचार
x