आमचुनाव २०७९

समानुपातिकमा कुन पार्टीले कति मत पाए ? (सूचीसहित)

इकागज |
मंसिर १०, २०७९ शनिवार ९:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज बिहान ९:४५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७,५३,८७३ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६,९३,४६० मत प्राप्त गरेको छ ।    
    
घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७,६७,१२४ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म ७,४५,६९५ मत प्राप्त गरेको छ ।    
    
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३,९१,०४८, जनता समाजवादी पार्टी (जसपा) ले २,१४,९४० र नेकपा (एकीकृत समाजवादी) ले १,५९,०४६  मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।



Author

थप समाचार
x