आमचुनाव २०७९

आमचुनाव २०७९

प्रदेश समानुपातिकमा माओवादी : कुन प्रदेशमा कति मत ?

इकागज |
मंसिर १०, २०७९ शनिबार १५:४१ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्र प्रतिनिधिसभाको समानुपातिकतर्फ तेस्रो स्थानमा छ । ८ लाख ७० हजार ५०९ मत ल्याएर तेस्रो स्थानमा छ । 

हाल प्रदेश समानुपातिकमा मत गणना जारी छ ।


पछिल्लो मत परिणामअनुसार प्रदेशको समानुपातिकमा कर्णाली प्रदेशमा मात्रै दोस्रो छ । अन्य प्रदेशसभामा माओवादी पछाडि छ ।

निर्वाचन आयोगको पछिल्लो मतपरिणम अनुसार नेकपा माओवादी केन्द्र चौथो स्थानमा छ ।

 प्रदेश १ मा माओवादीले ९७ हजार ४१४ मत प्राप्त गरी चौथो स्थानमा रहेको छ । 

मधेश प्रदेशमा माओवादी पाँचौँ स्थानमा छ । मधेशमा माओवादीले ६१ हजार १०४ मत प्राप्त गरेको छ । 

बागमती प्रदेशमा माओवादी चौथो स्थानमा रहेको छ । बागमतीमा माओवादीले १ लाख ८३ हजार ३७ मत प्राप्त गरेको छ ।

गण्डकी प्रदेशमा माओवादी तेस्रो स्थानमा छ । माओवादीले  १ लाख १२ हजार २२१ मत पाएको छ ।

लुम्बिनी प्रदेशमा माओवादी तेस्रो स्थानमा छ । माओवादीले १ लाख ३७ हजार ३८६ मत प्राप्त गरेको छ ।

कर्णाली प्रदेशमा माओवादी दोस्रो स्थानमा छ । कर्णालीमा माओवादीले १ लाख  १ हजार ५७४ मत प्राप्त गरेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा माओवादी तेस्रो स्थानमा छ । माओवादीले ९० हजार ६७३ मत गरेको छ ।
 


Author

थप समाचार
x