आमचुनाव २०७९

दोलखाको १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुन: निर्वाचन

इकागज |
मंसिर १२, २०७९ सोमबार ११:० बजे

काठमाडौँ- दोलखाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । आज बिहान बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले १५ गते  पुन: निर्वाचन गराउने निर्णय गरेको हो ।

वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले बुथ क्याप्चर भएको भन्दै उजुरी गरेका थिए । त्यसलगत्तै गएको निर्वाचन आयोगको टोलीले  स्थलगत अध्ययनको सिफारिस गरेपछि आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो ।


Author

थप समाचार
x