आमचुनाव २०७९

९७ लाख ७१ हजार मत गणना सकियो : कुन दलले कति पाए ? (सूचीसहित)

इकागज |
मंसिर १३, २०७९ मंगलबार १४:४ बजे

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ ९७ लाख ७१ हजार ६५७ मत गणना भएको छ । मंगलबार दिउँसो २ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ । 

नेकपा एमाले २६  लाख ३७ हजार ६५५ मतसहित शीर्ष स्थानमा रहेको छ ।


नेपाली कांग्रेसले २४ लाख ९२ हजार ९१५ हजार ३१ पाएको छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख २३ हजार ७४९ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८४ हजार ८२७ मत पाएको छ ।

राप्रपाले ५ लाख ५७ हजार ३४० मत पाएको छ ।

यस्तै जसपाले ३ लाख ७३ हजार ५२८ मत पाएको छ ।

जनमत पार्टीले ३ लाख २९ हजार ८२८ मत पाएको छ ।

एकीकृत समाजवादी पार्टीले २ लाख ७६ हजार ५४८मत पाएको छ ।

हाल मत गणना जारी छ ।


Author

थप समाचार
x