आमचुनाव २०७९

सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

इकागज |
मंसिर १३, २०७९ मंगलबार १७:५० बजे

फाइल फोटो

काठमाडौँ - सुनसरी ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाएका छन् । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपरान्हदेखि सुरु भएकोमा कार्कीले अग्रता बढाएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् । एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १३६ रहेको छ ।



Author

थप समाचार
x