आमचुनाव २०७९

आमचुनाव २०७९

९९ लाख मत गणना सकियो : एमाले २७ लाख नजिक, समाजवादीलाई ३ लाख पुर्‍याउन हम्मेहम्मे (सूचीसहित)

इकागज |
मंसिर १४, २०७९ बुधबार ६:५१ बजे

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मत गणना भएको छ । बुधबार बिहान साढे ६ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ । 

नेकपा एमाले २६ लाख ९४ हजार १२४ मतसहित शीर्ष स्थानमा रहेको छ ।


नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत पाएको छ ।

राप्रपाले ५ लाख ७० हजार १०२ मत पाएको छ ।

यस्तै जसपाले ३ लाख ८८ हजार ४८२ मत पाएको छ ।

जनमत पार्टीले ३ लाख ४६ हजार ९७० मत पाएको छ ।

एकीकृत समाजवादी पार्टीले २ लाख ८१ हजार ३४८ मत पाएको छ ।

हाल मत गणना जारी छ ।


Author

थप समाचार
x