आमचुनाव २०७९

आमचुनाव २०७९

१ करोड मत गणना सकियो : कुन दलले कति पाए ? (सूचीसहित)

इकागज |
मंसिर १४, २०७९ बुधबार ९:६ बजे

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड ८ हजार ३०२ मत गणना भएको छ ।  बुधबार बिहान ९ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ । 

नेकपा एमाले २६ लाख ९६ हजार ५७५ मतसहित शीर्ष स्थानमा रहेको छ ।


नेपाली कांग्रेसले २५ लाख ५३ हजार ०९४ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ८९४ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २७५ मत पाएको छ ।

राप्रपाले ५ लाख ७० हजार ६५४ मत पाएको छ ।

यस्तै जसपाले ३ लाख ८९ हजार १९७ मत पाएको छ ।

जनमत पार्टीले ३ लाख ४९ हजार ३५२ मत पाएको छ ।

एकीकृत समाजवादी पार्टीले २ लाख ८२ हजार २६२ मत पाएको छ ।

हाल मत गणना जारी छ ।


Author

थप समाचार
x