आमचुनाव २०७९

आमचुनाव २०७९

समानुपातिकमा १ करोड १ लाख ७५ हजार मत गणना सकियो, कुन दलले कति पाए ? (सूचीसहित)

इकागज |
मंसिर १५, २०७९ बिहीबार ७:४ बजे

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड १ लाख ७५ हजार ८९५ मत गणना भएको छ । बिहीबार बिहान ७ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ । 

नेकपा एमाले २७ लाख २२ हजार ८३३ मतसहित शीर्ष स्थानमा रहेको छ । 


नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० पाएको छ । 

नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५१६ मत पाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार ७९० मत पाएको छ । 

राप्रपाले ५ लाख ७९ हजार ४०६ मत पाएको छ । 

यस्तै जसपाले ४ लाख ८ हजार ९६४ मत पाएको छ । 

जनमत पार्टीले ३ लाख ७६ हजार २११ मत पाएको छ । 

एकीकृत समाजवादी पार्टीले २ लाख ९० हजार १९९ मत पाएको छ ।

हाल मत गणना जारी छ ।


Author

थप समाचार
x