सिनेमा

पल शाहको मुद्दाको सुनुवाई अर्को सातालाई सर्यो

इकागज |
जेठ ५, २०७९ बिहीबार १७:२० बजे

पोखरा-  पूर्णविक्रम शाह ‘पल’ को उच्च अदालत पोखरामा बिहीबार हुने भनिएको सुनुवाइ अर्को सातालाई सरेको छ । पल पक्षका वकिलले नै सुनुवाई अर्को हप्तालाई सार्न अग्रह गरेपछि सुनुवाई स्थगित गरेको  उच्च अदालत पोखराका रजिस्टार श्रीलाल पौडेलले बताएका छन् ।

जबर्जस्ती करणी आरोपमा पक्राउ परेका शाह र उनका सहयोगी भनिएका कृष्ण जोशीको मुद्दा बिहीबार सुनुवाइ गर्ने कार्यतालिका थियो । अब पेशी अर्को शुक्रबार हुनेछ । ‘आज सुनुवाइ स्थगित भएको छ । उहाँ (पल शाह)कै वकिलहरुले सुनुवाई हटाउनुभयो,’ उनले भने, ‘अब अर्को पेसी अर्को शुक्रबार हुन्छ ।’


उक्त मुद्दा न्यायधीशद्वय डिल्लीराम आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासमा थियो । नाबालिग बलात्कार आरोपमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए । उक्त आदेशविरुद्ध पल उच्च अदालत पोखरामा निवेदन दिएका थिए । यता, धरौटीमा छोड्न दिइएको आदेशविरुद्ध पनि सरकारी वकिल उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।


Author

थप समाचार
x