सिनेमा

असार १० मा सौगात –सलोनको ‘घनचक्कर’को पालो

इकागज |
जेठ ६, २०७९ शुक्रबार १४:१० बजे

काठमाडौँ - तीन वर्षअघि नै प्रदर्शनका लागि ठिक्क परेको फिल्म ‘घनचक्कर’ले बल्ल प्रदर्शनको पालो भेट्टाएको छ । निर्माण टिमले घोषणा गरेअनुसार यो फिल्म अब असार १० मा प्रदर्शन हुनेछ ।

सौगात मल्ल, सलोन बस्नेत, जेबी डीसी, आशान्त शर्मा आदि कलाकारको अभिनय रहेको फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । 
हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुना अर्याल र संगम भट्टको लगानी छ ।


सुसन प्रजापति खिचेको फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।


Author

थप समाचार
x