सिनेमा

‘ओसन्स इलेभेन’को प्रिक्वेलमा मार्गोट रोब्बी

इकागज |
जेठ ६, २०७९ शुक्रबार १६:४४ बजे

लसएन्जल्स -  रिलिज भएको २२ वर्षपछि स्टिभन सोडेरबर्ग निर्देशित फिल्म ‘‘ओसन्स इलेभेन’को प्रिक्वेल बन्ने भएको छ । वार्नर ब्रोजले रिलिजको दुई दशकपछि यसको प्रिक्वेल बनाउने गरी मुख्य कलाकारको घोषणा गरेको हो । फिल्ममा ‘बम्बसेल’ अभिनेत्री मार्गोट रोब्बीले मुख्य भूमिका निर्वाह गर्नेछिन् ।

लस भेगासको क्यासिनोबाट अर्बौँ रुपैँया लुट्ने कथामा सन् २००१ मा बनेको यो फिल्म त्यो सालको सर्वाधिक कमाउने फिल्म थियो । फिल्ममा जर्ज क्लुनी, ब्राट पिट, म्याट डेमन, जुलिया रोबर्टस् आदि कलाकारको अभिनय रहेको छ । निर्माण कम्पनी वार्नर ब्रोजले फिल्मका लागि ‘बम्बसेल’ निर्देशक जे रोचलाई जिम्मेवारी दिएको छ । फिल्मले सन् १९६० को दशकको युरोपको कथा प्रस्तुत गर्ने जनाइएको छ । फिल्ममा रोब्बी स्वयं पनि एक जना निर्माताको रुपमा रहनेछन् । 



Author

थप समाचार
x