सिनेमा

‘स्क्विड गेम’का लि जुङ जाइसँग सुरक्षाको सेल्फी

इकागज |
जेठ ७, २०७९ शनिबार १७:२९ बजे

काठमाडौँ - कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनेकी सुरक्षा पन्त अहिले कान्समा रहेर विश्व सिनेमाका हस्तीसँग ‘फ्यान मोमेन्ट’ सेयर गरिरहेकी छिन् । बेल्जियन फिल्म ‘दि एट माउन्टेन्स’को कलाकारको रुपमा कान्स पुगेकी उनले रातो गाउनमा कान्सको कार्पेटमा उपस्थिति जनाएर नेपाललाई नै गौरवान्वित बनाएको प्रतिक्रिया पाइरहेकी छिन् । तर यता सुरक्षाले बेलाबखत यो गौरव सामाजिक सञ्जालमा पनि बाँड्ने गरेकी छिन् ।

शनिबार उनले कोरियाका ग्लोबल स्टार लि जुङ जाइसँगको फोटो राख्दै कान्समा एसियाको उपस्थितिलाई माया दर्साएकी छिन् । लि जुङ जाइ कोरियन सिरिज ‘स्क्विड गेम’का मुख्य कलाकार हुन् । कोरियाली यो सिरिजले अघिल्लो साल नेटफ्लिक्समा अनेकौँ रेकर्ड बनाएको थियो । जसमध्ये ९० वटा देशमा सबैभन्दा बढी हेरिने रेकर्ड यो सिरिजको उल्लेख्य रेकर्ड थियो । 


यही सिरिजका स्टार लि जुङले कान्समा डेब्यू गरेका थिए । तर उनको यो डेब्यू कलाकारको रुपमा होइन निर्देशकको रुपमा थियो । ४९ वर्षीय लि जुङले निर्देशन गरेको स्पाइ थ्रिलर ‘हन्ट’ कान्समा छानिएपछि लि जुङले निर्देशकको रुपमा कान्समा उपस्थिति जनाएका हुन् । उनको यो फिल्म कान्सको मिडनाइट सेक्सनमा प्रतिस्पर्धी रहेको छ । 


Author

थप समाचार
x