सिनेमा

पल शाहको मुद्दाको सुनुवाई बिहीबार पनि स्थगित

इकागज |
जेठ १२, २०७९ बिहिवार १४:१० बजे

काठमाडौँ - नाबालिग बलात्कारको आरोप खेपिरहेका कलाकार पूर्णविक्रम शाह ‘पल’को मुद्दाको सुनुवाई आज पनि स्थगित गरिएको छ । पल पक्षका वकिलले सुनुवाई स्थगित गर्न निवेदन दिएकाले स्थगित गरिएको कास्की उच्च अदालतले जनाएको छ । उच्च अदालत पोखरा कास्कीले पल पक्षका वकिलले सुनुवाई स्थगित गर्न निवेदन दिएपछि स्थगित गरेको सूचना टाँस गरेका छन् । 

आजै पलका सहयोगी कृष्ण जोशीको मुद्दाको सुनुवाई थियो । वकिलले यो मुद्दा पनि स्थगित गर्न निवेदन दिएअनुसार स्थगित गरिएको सूचनामा उल्लेख छ । 
दुवै मुद्दा न्यायाधीशद्धय ऋषि राज भण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा थियो । सूचनामा पेसीको अर्को मिति भने उल्लेख गरिएको छैन । 


नाबालिग बलात्कार आरोपमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए । उक्त आदेशविरुद्ध पल उच्च अदालत पोखरामा निवेदन दिएका थिए । यता, धरौटीमा छोड्न दिइएको आदेशविरुद्ध पनि सरकारी वकिल उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।


Author

थप समाचार
x