सिनेमा

असार २४ मा अनुप बरालको ‘दोख’

इकागज |
जेठ १२, २०७९ बिहीबार १५:४७ बजे

काठमाडौँ - अनुप बराल निर्देशित फिल्म ‘दोख’ले प्रदर्शन मिति छानेको छ । निर्माण टिमले नयाँ पोस्टर जारी गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । 
भूकम्प अघि नै सुटिङ भएको फिल्म लामो समयसम्म पोस्ट प्रोडक्सनमा अल्झिएको थियो । तर महामारीअघि नै प्रदर्शन हुन तयार फिल्म महामारी पछि भने रोकिन बाध्य भएको थियो । 

सामुदायिक वनको मुद्दालाई लिएर दुई समुदाय भिडेपछि सुरु हुने कथामा माओवादी द्वन्द्व पृष्ठभूमिमा रहेको छ । फुटबल खेललाई माध्यम बनाएर वन कब्जा गर्ने रणनीतिमा उत्पन्न हुने परिस्थिति फिल्मको मुख्य कथा हो । राजन कठैत लिखित फिल्मले यसअघि सार्वजनिक गीतबाट राम्रो हाइप सिर्जना गरेको छ । 


फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप, कमल देवकोटा, सजन थापामगर आदिको मुख्य भूमिका रहेको छ ।
‘दोख’मा आभास र पुष्पा संगमको संगीत रहेको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् ।


Author

थप समाचार
x