सिनेमा

लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मान, आधा दर्जन निर्देशकलाई सम्मान

इकागज |
जेठ १३, २०७९ शुक्रबार १६:३१ बजे

काठमाडौं - लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मानद्धारा सम्मानित गरिएको छ । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा चलचित्र निर्देशक समाजले लक्ष्मीनाथ शर्मासँगै आधा दर्जन चलचित्र निर्देशकलाई सम्मान गरेको हो ।

१४ औँ साधारण सभाको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा लक्ष्मीनाथ शर्माले लामो समयदेखि गरेको योगदानका लागि सम्मान गरिएको चलचित्र निर्देशक समाज निर्मित सम्मानपत्रमा उल्लेख गरिएको थियो । भारतको पुनामा रहेको फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा लेखन तथा निर्देशनमा स्नातक लक्ष्मीनाथ शर्माले ‘बदलिँदो आकाश’बाट निर्देशन यात्रा सुरु गरेका थिए । उनले अहिलेसम्म १३ वटा फिल्म निर्देशन गरेका छन् । ‘साथी’ उनले निर्देशन गरेको सर्वाधिक सफल चलचित्र हो । 


यसै गरी कार्यक्रममा मध्यम पुस्ताका निर्देशकलाई पनि उनीहरूले गरेको कामका लागि सम्मान गरिएको थियो । यसरी सम्मान पाउनेमा केपी पाठक, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, मदन घिमिरे, सुचित्रा श्रेष्ठ र मिलन चाम्स थिए । 


Author

थप समाचार
x