सिनेमा

जापानका दुई दर्जन सहरमा कबड्डी ४ प्रदर्शन हुने

इकागज |
जेठ १७, २०७९ मंगलबार ११:३४ बजे

जापान - नेपाली चलचित्र कबड्डी ४ जापानका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । जुन ५ तारिख आइतबार कबड्डी ४ राजधानी टोकियोमा प्रदर्शन हुनेछ। नेपालमा दर्शकहरूबाट राम्रो साथ पाइरहेको चलचित्र कबड्डी ४ लाई टोकियोको नाकानो जिरो हलमा प्रदर्शन हुने भएको हो । 

१३ सय दर्शक क्षमताको हलमा प्रदर्शनको तयारी गरिएको छ। 'हामीले जापानको नेपाली चलचित्रको इतिहासा पहिलोपल्ट २० वटा सहरहरूमा दुई दर्जन शो प्रदर्शनको तयारी गरिसकेका छौं,' जापानमा चलचित्र वितरणको जिम्मा पाएका  संयोजक सुभास लामिछानेले भने, 'हाम्रो सोच कोरोना महामारीपछि दैनिकी सामान्य बन्दै गइरहेको बेला राम्रो चलचित्र जापानका नेपालीले हेर्न पाऊन् भन्ने हो ।' 


टोक्यो बाहेक नागोया, ओसाका, कोबे, फुकुओका, ओकिनावा, तोचिगी, सीजुओखा, निगाता, क्योतो, सेन्दाईलगायत सहरहरूमा चलचित्र प्रदर्शनको तयारी गरिएको छ।

कोरोनाका कारण लामो समय कुनै पनि नेपाली कार्यक्रम समेत हुन नसकेको जापानमा चलचित्र कबड्डी ४ लेराम्रो दर्शक पाउने अपेक्षा गरिएको छ । आयोजकका अनुसार टोक्योस्थित नाकानो जेरो हलको १३ सयसिट क्षमता रहेकोमा करिब १ हजार वटा टिकट बिक्री भइसकेको छ ।

कबड्डी ४ चलचित्रमा दयाहांग राई, सौगात मल्ल, बुद्धि तामांग, मिरुना मगरलगायत चर्चित कलाकारको अभिनय रहेको छ ।  चलचित्रलाई राम बाबु गुरुगंले निर्देशन गरेका हुन्।


Author

थप समाचार
x