सिनेमा

सौगात र सृष्टिको ‘माईकल अधिकारी’ फस्टलुक

इकागज |
असार १०, २०७९ शुक्रवार ९:१८ बजे

काठमाडौँ - अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘माईकल अधिकारी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक २ पोस्टर मध्ये एकमा सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन् भने अर्को तर्फ पैसाको थुप्रो देखाइएको छ । यस्तै अर्को पोस्टरमा सौगात र सृष्टि पैसाको बिछ्याउनामा प्रेमिल भावमा देखिन्छन् ।

सिनेमाको पोस्टरसँगै प्रदर्शन मिति भाद्र ३ गतेलाई फाइनल गरिएको छ । गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको सिनेमालाई रन्जित रौनियारले निर्देशन गरेका हुन् । सिनेमामा सौगात र सृष्टिको जोडीको आर्थिक अवस्था निक्कै कमजोर छ । उनीहरु पैसाको लागि अरुलाई बच्चा जन्माइ दिने काम गर्न बाध्य छन । सिनेमामा आत्मियता, भावनात्मक सम्बन्धसँगैं हास्यरस मिसिएको निर्माण टिमले जनाएको छ ।


उद्धव पौडेलको प्रस्तुतिमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिका अलवा आशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । सिनेमाको सम्पूर्ण छायांकन इलाम र झापामा गरिएको छ ।

 


Author

थप समाचार
x