सिनेमा

ग्राहक घट्न थालेपछि नेटफ्लिक्सले हटायो कर्मचारी

इकागज |
असार १०, २०७९ शुक्रबार १०:३६ बजे

लसएन्जल्स- नेटफिल्क्सले बढ्दो प्रतिस्पर्धा र घट्दो बजारको कारण देखाउँदै फेरि कर्मचारी कटौती गरेको छ । नेटफ्लिक्सले भनेको छ, उसले ३ सय कर्मचारी कटौती गर्ने निर्णय गरेको छ जुन ३ प्रतिशत हुन आउँछ । गत मेमा पनि कम्पनीले १ सय ५० कर्मचारी कटौती गर्ने निर्णय गरेको थियो । 

अप्रिलमा भारी संख्यामा प्रयोगकर्ताले नेटफ्लिक्स छाडेका थिए । दशकयताकै नेटफ्लिक्स छाड्ने यो संख्यालाई आधार मानेर कम्पनीले कर्मचारी कटौती गर्ने निर्णय गरेको जनाइएको छ । 


नेटफ्लिक्सले अहिले आम्दानी बढाउन विज्ञापन लिने र पासवर्ड सेयर गर्ने  सुविधामा कडाइ गर्ने नियम ल्याउन लागेको छ । नेटफ्लिक्ससँग २ अर्ब २० लाख प्रयोगकर्ता छन् । जुन बाँकी ओटीटीभन्दा धेरै हो । तर पनि यसलाई अमेजन प्राइम र डिज्नेप्लस कडा चुनौती दिइरहेका छन् । यसबाहेक प्रयोगकर्ता घट्नेक्रम जारी रहेको छ । अघिल्लो जुलाईसम्ममा २० लाख प्रयोगकर्ता घटेको कम्पनीले जनाएको थियो । 


Author

थप समाचार
x