सिनेमा

विपिनले साइन गरे रामबाबुको अनाम फिल्म

इकागज |
असार १०, २०७९ शुक्रबार १०:५७ बजे

काठमाडौँ - अभिनेता विपिन कार्कीले रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्म साइन गरेका छन् । बिहीबार उनले फेसबुकमा स्टोरी राख्दै रामबाबु गुरुङसँग काम गर्न लागेको संकेत गरेका थिए । 

विपिनले रामबाबु गुरुङको फिल्म साइन गरेको पुष्टि गर्दै फिल्मको नाम र बाँकी कास्ट भने फाइनल नभएको जानकारी गराए । ‘मैले सम्झौता गरेको हो । नाम र अरु कलाकार चाहिँ उहाँहरूले विस्तारै फाइनल गर्नुहोला,’विपिनले भने ।  यशाेदा फिल्मको ब्यानरमा बन्‍ने फिल्मको केही समयअघि अडिसन कल गरिएको थियो ।


इलामको सेटिङमा सुटिङ हुने फिल्म विपिनको बलिउड फिल्म ‘एनिमल’को सुटिङ सकिएपछि हुनेछ । विपिन ‘एनिमल’को सुटिङका लागि आउँदो जुलाई महिनामा मुम्बई प्रस्थान गर्दैछन् । विपिनका अनुसार मुम्बईमा उनलाई निर्माता ५८ दिनको समय माग गरेका छन् । विपिनले भर्खरै मात्र ‘के घर के डेरा’को सुटिङ सकाएका छन् । 


Author

थप समाचार
x