सिनेमा

३३ दिनमा सकियो विपिन र दयाको ‘के घर के डेरा’

इकागज |
असार १४, २०७९ मगलवार १५:४४ बजे

काठमाडौँ - दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’को सुटिङ सकिएको छ । फ्लोरमा गएको ३३ दिनमा सुटिङ सकिएको निर्माण टिमले जनाएको छ । 
फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झाको मुख्य भूमिका रहेको छ । 

घरबेटी र डेरावालको सम्बन्धमा आधारित फिल्म तिहारमा आउने चर्चा छ । तर यही मितिमा दयाहाङ राई र सौगात मल्ल अभीनित ‘२ नम्बरी’ले प्रदर्शनमा आउने घोषणा गरेको छ । यसअघि तिहारमा नै रिलिज गर्ने गरी दीपेन्द्र के खनालले ‘परस्त्री’ घोषणा गरेका थिए । 


ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्। ​सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको छ ।


Author

थप समाचार
x