सिनेमा

चलचित्र निर्मातालाई प्रोजेक्ट लोन दिने सुविधा राज्यले गर्नुपर्ने : गोल्छा

इकागज |
असार १४, २०७९ मगलवार २०:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरूलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् ।

मंगलबार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको चलचित्र गीत संगीतको सरोकार, कानुन र करको अधिकार विषय कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले चलचित्र निर्माताहरूले घर धितो राखेर ऋण लिएर चलचित्र निर्माण गर्दा निर्माताहरूको निकै ठूलो क्षति भोग्‍नु गरेको जिकिर गरे ।


अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघले प्रोजेक्ट कर्जा चलचित्र निर्माता ,साना र मझौला उद्योगहरुको लागिसमेत माग गरेको उल्लेख गरे । उनले कोरोना महामारीको कारण भएको बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत् महसुल पूर्ण रूपमा छुट तथा पुनः कर्जा उपलब्ध गर्ने कागजात प्रक्रियागत हुने झन्झटलाई सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरे ।

अध्यक्ष गोल्छाले नेपाल प्राकृतिक सुन्दरताले भरिएको भन्दै आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनको लागि समेत आकर्षणको केन्द्र बन्‍न सक्ने बताए । 

अध्यक्ष गोल्छाले  सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरू शतप्रतिशत रूपमा कार्यान्वयन हुन सके मात्रै चलचित्र क्षेत्रको समस्या समाधान हुने औँल्याए । उनले चलचित्रले हाम्रो सोचलाई प्रभावित र राज्यप्रति मानिसहरूको सद्भाव र प्रेम चलचित्रको माध्यमबाट उठ्ने भएकाले चलचित्रको विकास आवश्यक रहेको दाबी गरे ।


Author

थप समाचार
x