सिनेमा

कात्तिक १८ मा नरेन र सुरक्षाको ‘बुलाकी’

इकागज |
असार १६, २०७९ बिहीबार ९:५३ बजे

काठमाडौँ - कर्णालीको कथा पस्कने ‘बुलाकी’ कात्तिक १८ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले नयाँ पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो । कर्णालीको संस्कार र संस्कृतिलाई कथानक रुप दिई प्रस्तुत गरिएको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्टको अभिनय रहेको छ । फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । 

सिनेमामा सुरक्षा, नरेन र बिराजका अलवा प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारले अभिनय गरेका छन । अभिनेता बिष्ट र निर्देशक सुनारले ुबुलाकीुबाट नेपाली सिनेमा क्षेत्रमा अभिनेता र निर्देशकको रुपमा डेब्यू गर्दैछन् ।


छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ शिव ढकालले खिचेका हुन् । कर्णाली भेगको जनजीवन, रितिथिति तथा संस्कृति समेटिएको सिनेमालाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् ।


Author

थप समाचार
x