सिनेमा

निशा र अस्मिताको ‘आँखा’ फ्लोरमा

इकागज |
असार १६, २०७९ बिहीबार ११:२ बजे

काठमाडौँ -  जोन योञ्जनको निर्देशन रहने ‘आँखा’ बिहीबारदेखि सुटिङमा निस्किएको छ । बंगलामुखी मन्दिरमा क्यामरा पूजा गर्दै फिल्म फ्लोरमा निस्किएको हो । 
‘१२ सत्ताइस’ र ‘म राजेश हमाल’ निर्देशन गरेका जोनको यो तेस्रो फिल्म हो । फिल्ममा निशा अधिकारी, लुनिभा तुलाधर, अस्मिता लामिछाने, विजय बराल, प्रविण खतिवडा आदि कलाकारको अभिनय रहनेछ । 

आलोक शुक्लाले छायांकन गर्ने फिल्ममा संगीत दिपक आरजेको रहनेछ भने द्वन्द्व रेवन्तविक्रम थापाको रहनेछ । करण साउद कला निर्देशक रहेको फिल्ममा सन्तोष मल्ल मुख्य सहायक निर्देशक रहँदा ध्रुब कार्की, अम्विका नेपाली र सञ्जय भाल सहायक निर्देशकमा छन् ।


सुवाससिंह ठकुरी प्रोडक्सन डिजाइनर छन् । अर्को वर्ष २०८० मा प्रदर्सन लक्ष्य राखिएको फिल्मलाई आरआर फिल्मस्ले वितरणको जिम्मा लिइसकेको छ । फिल्म ढाका टोपी फिल्मस्,साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको हो ।


Author

थप समाचार
x