सिनेमा

विपिन–नम्रताको ‘प्रसाद २’ औपचारिक घोषणा

इकागज |
असार १७, २०७९ शुक्रबार ९:१२ बजे

काठमाडौँ - नयाँ निर्देशक र केही कलाकार हेरफेरसहित ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’को घोषणा गरिएको छ । बिहीबार राजधानीको एक तारे होटलमा फिल्मको औपचारिक घोषणा गरिएको हो । दिनेश राउतले निर्देशन गरेको यो भागलाई भने सुदर्शन थापाले निर्देशन गर्नेछन् । यसैगरी फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेको थियो । 

फिल्मको सिक्वेलमा भने निश्चल बस्नेत रहनेछैनन् । बिहीबार घोषणा कार्यक्रममा सुदर्शन थापालाई यो विषयमा प्रश्न सोध्दा थापाले अनविज्ञता प्रकट गरे । तर निर्माण टिमले उनका लागि तय भएको भूमिकामा अर्पण थापालाई अनुबन्ध गरिसकेको छ । फिल्ममा राज कटुवाल पनि महत्वपूर्ण भूमिकामा रहनेछन् । 


अभिनेता विपिन कार्कीले सिक्वेलमा आफ्नो चरित्र परिपक्व भएको तर सिक्वेल भएकाले अपेक्षा पूरा गर्ने चुनौती पनि महसुस भएको बताएका थिए । पहिलो र दोस्रो दुवै भागको कथा लेखेका लेखक सुशील पौडेलले पहिलो फिल्मको ब्याज खान नभई साँचो अर्थमा नै सिक्वेल बनाउन लागेको बताए ।

उनले फिल्मका मुख्य पात्र बाबुराम र नारायणी सहरबाट गाउँ फर्किने र गाउँ फर्केपछि आउने उतारचढावलाई फिल्मले प्रस्तुत गर्ने बताए । फिल्मको सुटिङ पोखराको हेम्जाकोटमा हुनेछ । यही हप्ता सुटिङअघि कार्यशाला गर्ने गरी टिम फ्लोरमा निस्कने कार्यक्रममा जानकारी गराइयो । 


Author

थप समाचार
x