सिनेमा

‘सम्झना बिर्सना’ ट्रेलर : आकाशसँग हुरुक्क पूजा शर्मा

इकागज |
असार १९, २०७९ आइतबार १०:४२ बजे

काठमाडौँ - फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ३१ असारदेखि देशब्यापी प्रदर्शनमा हुँदैछ । 
निमेष प्रधान लिखित तथा निर्देशीत फिल्मको पौने तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स,सेन्टिमेन्टस् तथा सस्पेन्सको सम्मिश्रण देखिन्छ ।

चिया बगानका मजदुरका समस्यालाई पनि ट्रेलरमा प्राथमिकता दिइएको छ । दार्जिलिङ, सिल्गुढी, सिक्किमलगायतका रमणीय स्थानमा खिचिएको फिल्मको ट्रेलरमा सबै प्रमुख  कलाकारहरु–आकाश, पूजा,सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणालाई अटाइएको छ । 


फिल्म प्रदर्शनको मिति नजिकिँदै जादा निर्माण पक्षले प्रचारप्रसारलाई निकै सशक्त बनाएको छ । अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्मका सार्वजनिक दुई गीत–‘परेलीमा लुकाउछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ अहिले दर्शकश्रोता माझ चर्चित छन् । 

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ ।
दर्शकले निकै मन पराएको पूजा र आकाशको जोडी करिब चार बर्षको अन्तरालपछि पुनः यही फिल्ममार्फत ठूलो पर्दामा आउँदैछ ।

 


Author

थप समाचार
x