सिनेमा

‘स्ट्रेन्जर थिङ्स ४’ का कारण नेटफ्लिक्सको सर्भरमा समस्या

इकागज |
असार १९, २०७९ आइतवार १२:४ बजे

लसएन्जल्स - हरर सिरिज ‘स्ट्रेन्जर थिङ्स ४’का अन्तिम दुई शृंखलामा दर्शक चाप बढेपछि नेटफ्लिक्सको सर्भर नै डाउन भएको समाचार छ । शुक्रबार सार्वजनिक भएसँगै अत्यधिक संख्यामा दर्शकले एकैचोटि हेर्न खोज्दा सर्भर नै डाउन भएको ‘भेराइटी’मा समाचार छ । 

भेराइटीका अनुसार सिरिजको दोस्रो भाग सार्वजनिक भएसँगै १३ हजार मानिसले १ घन्टा भित्रमै नेटफ्लिक्सले काम नगरेको गुनासो गरेका थिए । दर्शकको गुनासो चुलिँदै गएपछि नेटफ्लिक्सले आधा घन्टामा नै सर्भरमा आएको समस्या हल गरेको थियो । 


‘स्ट्रेन्जर थिङ्स ४’ नेटफ्लिक्समा आउने बित्तिकै सबैभन्दा बढी हेरिने अंग्रेजी भाषाको सिरिज बनेको छ । भेराइटीका अनुसार अन्तिम शृंखलाको पहिलो भाग सार्वजनिक भए लगत्तै दर्शकको राम्रो साथ पाएको सिरिजले दोस्रो भागमा पनि उत्तिकै दर्शक पाएको छ । सुपर नेचुरल हरर थ्रिलर श्रेणीको सिरिजमा वियोना राइडर, डेभिड हार्बर, मिली बबी ब्राउन आदि कलाकारको अभिनय रहेको छ । 


Author

थप समाचार
x