सिनेमा

हलिउडमा ‘टप गन’ र ‘ब्याटमेन’लाई उछिन्दै रनरअप बन्यो ‘आरआरआर’

इकागज |
असार २०, २०७९ सोमबार १२:२६ बजे

मुम्बई - भारतमा बक्स अफिसमा पैसा छापेको फिल्म ‘आरआरआर’ले हलिउडमा पनि उत्तिकै व्यापार गरिरहेको छ । व्यापारसँगै यो फिल्मले अर्को उपलब्धि पनि हासिल गरेको छ । हलिउड क्रिटिक्स एसोसिएसनले बाँड्ने अवार्डमा यो फिल्म रनर अप बन्न सफल भएको छ । यसका लागि ‘आरआरआर’ले टम क्रुज अभीनित ‘टप गन : माभरिक’ र रोबर्ट प्याटिसन अभीनित ‘दि ब्याटमेन’लाई जितेको थियो । 

हलिउड क्रिटिक एसोसिएनले बाँड्ने ‘एचसीए मिड सिजन’ अवार्डमा उत्कृष्ट चलचित्रको रनरअप बन्न सफल भएको हो । वर्षको मध्यमा आयोजना गरिने अवार्ड भने ‘एभरिथिङ एभरीह्वेर अल एट वन्स’ले जित्यो । उत्कृष्ट चलचित्रको दौडमा ‘आरआरआर’बाहेक ‘टर्निङ रेड’, ‘चा चा रियल स्मुथ’, ‘एल्भिस’, ‘दि नर्थमेन’ आदि फिल्म थिए । 


अमेरिकामा दोहोर्याएर रिलिज भएको फिल्मले दोस्रो खेपमा समीक्षक तथा दर्शकबाट प्रशस्त तारिफ पाएको थियो । फिल्मको भव्य क्यानभासले सबैलाई प्रभावित गरेको थियो । 

यो फिल्म भारतको सर्वाधिक कमाइ गर्ने चौथो फिल्म दरिएको छ । ११ सय करोड कमाइ गरेको फिल्मअघि धेरै कमाइ गर्नेमा ‘दंगल’, ‘बाहुबली २’ र ‘केजीएफ २’ छन् । ‘दंगल’ले विश्वभरबाट १८ कराड कमाइ गरेको तथ्यांक छ भने ‘बाहुबली २’ले १४ करोड कमाइ गरेको रेकर्ड छ । यसैगरी र ‘केजीएफ २’ले १२ करोड कमाइ गरेको तथ्यांक छ । 


Author

थप समाचार
x