सिनेमा

फिल्म सुटिङका लागि हिरोसहित बेलायत उडे साम्राज्ञी र गरिमा

इकागज |
असार २०, २०७९ १५:५२ बजे

काठमाडौँ - लन्डन र फ्रान्समा हुने सुटिङका लागि ‘लन्डन टु पेरिस’का मुख्य कलाकार बेलायत प्रस्थान गरेका छन् । सोमबार फिल्मका मुख्य कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाह, गरिमा शर्मा, कबिर खड्का र निश्चल खड्का बेलायत लागेका हुन् । 

 घनश्याम लामिछानेले निर्देशन गर्ने सिनेमाको आउँदो हप्तादेखि सुटिङ सुरु हुनेछ । सुटिङअघि कलाकारले एक महिना वर्कसप गरेका थिए । बेलायत उड्नुअघि त्रिभुवन विमानस्थलमा कुरा गर्दै साम्राज्ञीले फिल्मलाई लिएर उत्साहित रहेको बताइन् । उनले फिल्मभित्र सबैभन्दा अनुभवी भएकाले आफूले बाँकी कलाकारलाई सहज बनाउने काम गरेको बताएकी थिइन् । 


यो फिल्मबाट गरिमा शर्मा र निश्चल खड्काले डेब्यू गर्न लागेका हुन् । गरिमासँग म्युजिक भिडियोमा अभिनयको अनुभव भए पनि निश्चल खड्कासँग मोडलिङको मात्र अनुभव छ । 

वेल्समा समेत सुटिङ हुने भनिएको फिल्मलाई प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्मलाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेका हो । एबीले हालसालै मात्र लन्डनमा नै ‘हनी बनी’को सुटिङ गरेको थियो । यही निर्माण समूहले बनाएको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । 



Author

थप समाचार
ad
x