सिनेमा

पहिले अनमोल अहिले धिरजको छायाँमा अदिती बुढाथोकी

इकागज |
असार २१, २०७९ मंगलबार ११:५४ बजे

तस्बिर स्राेत: सामाजिक सञ्जाल

काठमाडौँ - सामाजिक सञ्जालमा सबैभन्दा धेरै फ्लोअर भएकी अभिनेत्री हुन् अदिती बुढाथोकी । इन्स्टामा १० लाख बढी फ्लोअर भएकी अदिती मुम्बईमा बसेर मोडलिङ गर्छिन् र थुप्रै पटक भारतीय मिडियामा फिचर्ड भइसकेकी छिन् ।

सामाजिक सञ्जालमा आकर्षक फोटो राख्ने कारणले पनि उनलाई पछ्याउने फ्यानको संख्या धेरै छ । यही लोभले नेपाली निर्माता लामो समयदेखि उनलाई फिल्म खेलाउने प्रयत्नमा थिए तर सफल भए, भुवन केसी र सुवास गिरीले । दुवैले संयुक्त रुपमा निर्माण गरेको ‘कृ’बाट अदितीले फिल्ममा डेब्यू गरिन् । जोडी थिए अनमोल केसी । 


यो फिल्म बनिरहँदा धेरैको अपेक्षा थियो अदितीले अनमोललाई छायाँमा पार्छिन् । तर भयो उल्टो । यतिसम्मकी प्रचारमा पत्रकारले अनमोलबाहेक अरुलाई नखोजेपछि अदितीले एक्लै पत्रकार भेटघाट कार्यक्रम गरिन् । फिल्म रिलिजपछि त अदितीलाई झनै कसैले खोजेन । यो फिल्मले जेजति चर्चा पायो त्यसको सारा क्रेडिट अनमोलले लगे ।

पहिलो फिल्मबाट अपेक्षित सफलता हात नलागेपछि अदिती आफैँ निर्माणमा तातिइन् । माता पितालाई निर्माता बनाएर उनले ‘कृ’कै निर्देशक सुरेन्द्र पौडेललाई लिएर निर्माण गरेको ‘बाबरी’ले भदौ ३१ को तयारी स्वरुप गीत र टिजर सार्वजनिक गरेको छ । तर यी दुवै प्रचार सामाग्रीले अदितीलाई भन्दा उनको को–स्टार धिरज मगरलाई फाइदा पुर्याएको छ । टिजरमा फरक लवजसहित देखिएका धिरजलाई फिल्मको गीत ‘बाबरी रङ’मा पनि अदितीलाई भन्दा सुहाएको प्रतिक्रिया आएका छन् । अर्थात् ‘बाबरी’मा पनि अदितीको भन्दा धिरजकै चर्चा छ । अदिती पहिले अनमोलको छायाँमा परिन् अहिले धिरजको । 


Author

थप समाचार
x