सिनेमा

‘त्रिदेव’को रिमेकमा सलमान खान

इकागज |
साउन २०, २०७९ शुक्रबार १४:४ बजे

मुम्बई - कुनै समयको हिट फिल्म ‘त्रिदेव’को पनि रिमेक बन्ने भएको छ । यसका निर्माता तथा निर्देशक राजीव रायले फिल्मको रिमेकका लागि सलमान खानलाई मनाएको खबर छ । 

सन् १९८९मा रिलिज भएर निकै हिट भएको यो फिल्ममा सन्नी देओल, ज्याकी श्राफ र नसिरुद्दिन शाह मुख्य भूमिकामा थिए । फिल्ममा सोनम र माधुरी हिरोइनको रुपमा थिए ।


रिमेकको निर्देशन राजीव राय स्वयंले गर्ने छैनन् । नयाँ निर्देशक लिने र फिल्मलाई नयाँ शैलीमा निर्माण गर्ने सलमान र रायबीच सहमति भएको समाचारमा उल्लेख छ । 
सलमानले भर्खरै ‘भाइजान’को सुटिङ सकाएका छन् भने ‘टाइगर ३’ उनको रिलिजका लागि तयार फिल्म हो । सलमानले ‘नो इन्ट्री’को सिक्वेलका लागि पनि समय दिएको समाचारमा उल्लेख छ । अनिस बज्मीको निर्देशन रहने फिल्ममा अनिल कपुर र फरदिन खान पनि रहनेछन् । 


Author

थप समाचार
x