सिनेमा

अनमोलको ‘छड्के २’ भदौ १ देखि फ्लोरमा

इकागज |
साउन २३, २०७९ सोमबार १२:१९ बजे

काठमाडौँ -अनमोल केसीले गुन्डा नाइकेको भूमिकामा अभिनय गर्न लागेको फिल्म ‘छड्के २’ भदौ १ देखि सुटिङमा निस्कने भएको छ । निर्माण टिमले वर्कसप सकिएको जानकारी गराउँदै भदौको पहिलो हप्ताबाट सुटिङमा निस्कने जानकारी गराएको हो ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मले पहिलो शृंखलाझैँ दुई ग्याङबीचको दुश्मनीको कथा प्रस्तुत गर्छ । अनमोलले एकातिरको ग्याङ लिडरको भूमिका निर्वाह गर्नेछन् भने रविन तामाङले अर्को ग्याङको । फिल्ममा यी दुईबाहेक कमलमणि नेपाल पनि फिल्ममा रहेको निर्माण टिमले जनाएको छ ।


काभ्रे फिल्मस्को ब्यानरमा प्रशान्त गिरी र लक्ष्मण काफ्लेले निर्माण गर्न लागेको फिल्मको चितवनमा भएको कार्यशाला सकेर अनमोल काठमाडौँ फर्किसकेका छन् । 
चितवन आसपास अधिकांश सुटिङ हुने फिल्मको सुटिङ सेड्युल ६० दिनको रहनेछ । निर्माण टिमले बाँकी कलाकारको परिचय फ्लोरमा गएसँगै गराउने जानकारी गराएको छ । निर्माण टिमले विभिन्न समयमा अडिसनमार्फत बाँकी कलाकार छनौट गरेको थियो । 


Author

थप समाचार
x