सिनेमा

शिकारी बनेका दया र सौगातको  ‘२ नम्बरी’ टिजर

इकागज |
साउन २५, २०७९ बुधबार १२:५३ बजे

काठमाडौँ- दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘२ नम्बरी’को टिजर सार्वजनिक भएको छ । यो चलचित्र अब असोजको २१ गतेबाट रिलिज हुने भएको छ ।

चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु दयाहाङ राई र सौगात मल्लविचको मित्रतालाई देखाइएको छ । साथमा, दयासँग उगेन छोदेन र सौगातसँग उपासना सिंह ठकुरीबीचको प्रेमकथालाई समेत रमाइलो शैलीमा देखाइएको छ ।


चलचित्रमा सौगात मल्लको गेटअप र संवाद बोल्ने शैली समेत फरक छ । चलचित्रमा यी चार कलाकारको साथमा वुद्दि तामाङ, पुष्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, डीबी गुरुङ, जयनन्द लामा, राजु थापामगर, सागर शाह ठकुरी, सतिस सिंह कार्की, गणेश बस्याल र राजकुमार राईको अभिनय छ ।

सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइबाको संगीत छ ।चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता र मिठु तामाङ्नी सह–निर्माताको रुपमा छिन् ।

 


Author

थप समाचार
x