सिनेमा

यस्तो बन्‍यो ‘प्रेमगीत ३’ को हिन्दी टिजर (भिडियो)

इकागज |
साउन २८, २०७९ शनिबार ९:१८ बजे

काठमाडौँ - नेपाल भर भारतमा एकै दिन चल्न लागेको फिल्म ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ । शनिबार बिहानै सार्वजनिक टिजरले प्रदीप खड्काको चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई देखाइएको छ । 

१ मिनेट लामो टिजर प्रदीप खड्कामय छ । तर निर्माण टिमले टिजरमा यसको ब्रान्ड भ्यालु अनुरुप प्रेमिल संवाद वा दृश्य नराखेर द्वन्द्वलाई प्राथमिकता दिएको छ । हिउँले भरिएको मुस्ताङका दृश्य आकर्षक छन् र फिल्मको एक्सन पनि रोचक छ । टिजरमा प्रदीपबाहेक कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदिले ठाउँ पाएका छन् । 


छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्म नेपाल र भारतमा असोज ७ मा प्रदर्शन हुन लागेको हो । निर्माण टिमले फिल्मलाई हिन्दीमा डबिङ गरेर हलमा प्रदर्शन गर्न लागेको पहिलो फिल्मको रुपमा प्रचारप्रसार गरेको छ । फिल्मको ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माण टिमले जनाएको छ । 


Author

थप समाचार
x