सिनेमा

नीर शाह भन्छन्– चलचित्र विकास बोर्ड नेपाली फिल्मको अधोगतिको कारक हो

इकागज |
साउन २९, २०७९ आइतबार १४:३९ बजे

काठमाडौँ - वरिष्ठ चलचित्रकर्मी नीर शाहले नेपाली चलचित्रको विकास नहुनुमा चलचित्र विकास बोर्ड पनि जिम्मेवार रहेको बताएका छन् । आफैँले स्थापना गरेको ओस्कार इन्टरनेसनल कलेजको १८ औँ वार्षिकोत्सवमा बोल्दै उनले चलचित्र विकास बोर्ड गठन भएको दिनदेखि नै नेपाली फिल्मको विकास रोकिएको बताएका हुन् ।

‘यो विकास बोर्ड भन्ने संस्थालाई फिल्मकर्मी र सरकारले पनि भयंकर संस्थाको रुपमा चित्रित गर्ने गरेका छन् । तर मलाई लाग्छ, यो संस्था नभएको भए नेपाली फिल्म अर्कै लयमा हुन्थ्यो । विदेशी फिल्म चलाएर आउने पैसाले राष्ट्रिय उद्योग बनाउँछु भन्ने पनि हुन्छ । त्यसैले अहिलेकै संरचनामा यो संस्थाको काम छैन भन्ने मेरो धारणा हो,’ शाहले भने । 


उनले थप तर्क प्रस्तुत गर्दै भने, ‘विकास बोर्ड विदेशी फिल्म चलाएवापत उठेको करले चल्छ । अब भन्नुस् यो संस्थाले राष्ट्रिय उद्योगको बारेमा सोच्छ कि विदेशी फिल्मको स्वार्थ रक्षा गर्छ । यसबाट धेरै अपेक्षा नगर्नु नै बेस हो ।’ 


Author

थप समाचार
x