सिनेमा

नेपाली चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक

इकागज |
साउन ३०, २०७९ सोमवार १८:२६ बजे

काठमाडौँ- नेपाली चलचित्र 'बाबरी'को ट्रेलर सार्वजनिक भएको छ ।

सोमबार काठमाडौँमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा अभिनेता धिरज मगर, अदिती बुढाथोकी, धिरज नदकार, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोईराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ, दिचेन्ला वाङ्बोको अभिनय रहेको छ ।


कार्यक्रममा बोल्दै अभिनेता मगरले नेपाली सिने क्षेत्रमा स्टारडम बनाउन र अरुको ठाउँ ओगट्न आफू नआएको बताए । उनले आफ्नो कलालाई सकेसम्म राम्रो गर्ने उद्देश्यका साथ कलाकारितामा लागेको र अग्रजहरूका अभिनयलाई हेरेर सिक्दै अघि बढ्ने बताए । त्यस्तै अभिनेत्री बुढाथोकीले काम गर्दा कुनै कठिनाइ नभएको बताइन् । उनले फिल्ममा धेरै मिहिनेत गरेर बनाएकोले हेर्न योग्य चलचित्र रहेको बताइन् ।

चलचित्र 'बाबरी' आगामी असोज १४ गते देशभर प्रदर्शन हुनेछ । चलचित्र निर्माणको काम नसकिएकोले १४ दिन पछाडि सारिएको हो । फिल्म अभिनेत्री बुढाथोकीका मातापिता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् । फिल्ममा संगीत कालीप्रसाद बास्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको छ । फिल्म निर्देशन र सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् ।  

 

 


Author

थप समाचार
x