सिनेमा

जुनियर एनटीआर अस्करमा उत्कृष्ट अभिनेताको मनोनयनमा !

इकागज |
साउन ३१, २०७९ मंगलबार १०:५९ बजे

मुम्बई - ‘आरआरआर’ले भारतीय दर्शकको मात्र मन जितेन यो फिल्म हेर्ने विश्वभरिका दर्शक यो फिल्मको प्रशंसा नगरी बस्न सक्दैनन् । यसमा हलिउडमा सबैभन्दा धेरै व्यावसायिक फिल्म बनाउने मार्भल स्टुडियोदेखि हलिउडका ठूला फिल्म क्रिटिकसम्म सामेल छन् ।

अमेरिकामा हलमा चलेर नयाँ कीर्तिमान बनाएको फिल्म नेटफ्लििक्समा पनि अंग्रेजी भाषाबाहेकको सिनेमामा छोटो समयमा सबैभन्दा धेरै हेरिने सिनेमाको रुपमा पनि यसले रेकर्ड राखेको थियो । हुँदाहुँदा यसलाई आगामी वर्ष हुने अस्करको प्रतिस्पर्धाका लागि पनि योग्य ठानिएको छ । 


हलिउड चर्चित पत्रिका भेराइटीले सार्वजनिक गरेको पूर्वानुमान सूचीमा यो फिल्मका एक अभिनेताले उत्कृष्ट अभिनेताको सूचीमा मनोनयन पाउन सक्ने आंकलन सार्वजनिक गरेको छ । भेराइटीका अनुसार यो फिल्मबाट उत्कृष्ट अभिनेताको सूचीमा जुनियर एनटीआरले मनोनयन पाउन सक्नेछन् ।

भेराइटीले ‘एल्भिस’ फिल्मका अस्टिन बटलर, ‘बार्गो’ डानियल गिमेनेज काचो, ‘दि सन’का ह्युग ज्याकमेन आदिसँगै एनटीआरलाई पनि राखेको छ । एसएस राजामौली निर्देशित ‘आरआरआर’ले ब्रिटिशराजको समयका दुई तमिल विद्रोहीको कथा प्रस्तुत गर्छ । फिल्ममा अजय देवगन र आलिया भट्टले अतिथि भूमिका निर्वाह गरेका छन् । 


Author

थप समाचार
x