सिनेमा

सुहानाको फस्टलुकसहित ‘भगवत् गीता’ घोषणा, वैशाख १ गते रिलिज

इकागज |
भदौ ३, २०७९ शुक्रबार ९:४९ बजे

काठमाडौँ - निर्देशक झरना थापाले ‘ए मेरो हजुर’ सिरिज छाडेर नयाँ नाममा फिल्म बनाउने घोषणा गरेकी छिन् । शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर सुहाना थापाको फस्टलुकसहित फिल्मको घोषणा गरिएको हो । सुहाना थापा मुख्य भूमिकामा रहने फिल्मको नाम ‘भगवत् गीता’ रहनेछ । नामसँगै सुहाना थापा प्रडक्सनले प्रदर्शन मिति पनि घोषणा गरेको छ ।

निर्देशक झरना थापाले फिल्म आउँदो वर्षको वैशाख १ गते फिल्म प्रदर्शन हुने फेसबुक पोस्टमा उल्लेख गरेकी छिन् ।सुनिलकुमार थापा निर्माता रहने फिल्मको धेरै अघि नै टिजर खिचिएको थियो । तर निर्माण टिमले कृष्णजन्माष्टमीको अवसर पारेर टाइटल टिजर सार्वजनिक गरेको हो ।


फिल्मको बाँकी कलाकारको बारेमा भने निर्माण टिमले कुनै औपचारिक जानकारी दिएको छैन । चर्चाअनुसार झरना थापाले सुहानाको जोडीको रुपमा धिरज मगरलाई लिन खोजिरहेकी छिन् । यसैगरी फिल्मको एउटा भूमिकाका लागि दयाहाङ राईसँग पनि कुरा भइरहेको चर्चा थियो । यो फिल्मको अन्तरजातीय प्रेममा आधारित रहनेछ ।

 


Author

थप समाचार
x