सिनेमा

फेरि आफूभन्दा दोब्बर कम उमेरकी माेडलको प्रेममा 'टाइटानिक' हिरो

इकागज |
असोज १५, २०७९ शनिवार १६:१० बजे

लसएञ्जल्स - आफूभन्दा दोब्बर कम उमेरका युवतीसँग डेट गर्न माहिर हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोले फेरि एक पटक यो इतिहास दोहोर्याएको  चर्चा छ । भर्खरै २६ वर्षकी प्रेमिका क्यामिलो मोरोनसँग छुट्टिएर सिंगल रहेको मानिएका ‘टाइटानिक’ अभिनेता लियो क्यामिलाभन्दा जम्मा १ वर्ष जेठी गिगी हाडिडसँग प्रेममा परेको खबर छ ।

अमेरिकाको फिल्मी सहर लसएञ्जल्समा झल्याकझुलक देखिन थालेका लियो र गिगी पेरिसमा सँगै देखिएपछि दुवैबीच गहिरो अफेयर सुरु भएको चर्चा छ । पेरिस फेसन विकमा सहभागी हुन पेरिस पुगेकी गिगी र लियोलाई होटलमा सँगै देखिएको खबर छ । 



लियोसँग अफेयरमा पर्नुअघि गिगीले केही साल गायक जयान मलिकलाई डेट गरेकी थिइन् । दुवैबीच छुट्टानाम भएकै दुई तीन वर्ष नाघिसक्यो । तर गिगीसँग लियोको अफेयरलाई क्यामिलाले भने अझै पत्याउन सकेकी छिन् । हलिउड रिपोर्टरका अनुसार गिगी र क्यामिलो मिल्ने साथी हुन् र दुवैले सँगै काम पनि गरेका छन् । 
 


Author

थप समाचार
x